काठमाडौं । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन् ।
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रतिपक्षी दलहरु त्यसको विरोधमा उत्रिएर केही दिन अघिबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै बैठक अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया