काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र (राप्रपा) का युवा नेता पक्राउ परेका छन् ।
शनिबार हेटौँडामा प्रचण्डको फोटो जलाउने राप्रपा निकट युवा संगठनका नेता निराजन बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । राप्रपाका नेता बमलाई चितवन प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले चितवनबाट पक्राउ गरेको बताइएको छ ।
शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्डको फोटो जलाइएको थियो । पक्राउ परेका बम राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता भएको बताइएको छ ।
जिल्ला अधिवेशनमा मन्तव्य दिने क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव रहेका उनले बोल्दाबोल्दै लाइटर पारेका प्रचण्डको फोटो जलाएका थिए ।
प्रतिक्रिया