काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । उक्त बैठक आज साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
संयन्त्रमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छन् । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी समर्थकहरुको सक्रियताले विभिन्न राजनीतिक दलहरु गम्भीरतामा छन् ।
प्रतिक्रिया