पाल्पामा मंगलबारदेखिको डढेलो अझै नियन्त्रणमा आएन

चार सामुदायिक वनमा क्षति

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मंगलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

अधिक पातपतिंगर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब १७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ ।

डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।

प्रतिक्रिया