जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते

रुकुम पश्चिम । जाजरकोटको कालेगाउँमा ट्याक्टर दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा परी चालक र अन्य ३ जना घाइते भएका छन् । जिल्लाको भेरी नगरपालिका– १ कालेगाउँस्थित भे २ त १६७३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार उक्त दुर्घटनामा परी भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय प्रकाश बादी, सोही नगरपालिका– ६ का १८ वर्षीय धर्मराज खड्का, कुशे गाउँपालिका– ५ का २५ वर्षीय भीम परियार र छेडागाड नगरपालिका– ५ का वर्ष १८ का बालकृष्ण परियार घाइते भएका हुन् ।

घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको डिएसपी पाण्डेले बताए । सदरमुकाम खलंगा बजारबाट रड लोड गरेर कालेगाउँतर्फ गइरहेको ट्याक्टर दुर्घटना परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया