बिवाइडी हाइ–टेक विक

काठमाडौँ । बिवाइडी अटो इन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाइडी हाइ–टेक विक २०२५ को शुभारम्भ गरेको छ । नेपालमा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालिकी प्रबन्धनिर्देशक यमुना श्रेष्ठलगायत प्रतिनिधिहरूको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको हो ।

इभेन्टको प्रमुख आकर्षणको रूपमा बिवाइडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु–८, एफसिबी बाओ–५, डेन्जा जेड–९ जीटी, डेन्जा डी–९ र बिवाइडी सार्क–६ सार्वजनिक गरिएको छ । जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सु–सज्जित छन् ।

प्रतिक्रिया