काठमाडौँ । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वल्र्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट पुरस्कार जितेको छ । सिप्रदीले ‘पिओनिरिङ इभी एक्सपेन्सन’ (इलेक्ट्रिक वाहन विस्तार) को लागि विशेष मान्यता प्राप्त गरेको हो । यसले नेपालले शून्य–उत्सर्जन सवारी साधनको क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको कम्पनीले दाबी गरेको छ ।
सिप्रदी ट्रेडिङले नेपालमा सबै प्रमुख सेग्मेन्टहरूमा उच्च बजार हिस्सेदारी कायम गर्दै उत्कृष्ट प्रदर्शन गरेको दाबी गरिएको छ ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘हामी ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारी साधन प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ । यी पुरस्कारहरूले हाम्रो टिमको मिहिनेतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ ।’
प्रतिक्रिया