काठमाडौं । घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिप नेपाल र म्यानमारबीचको फाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल र म्यानमार दुवै टोलीले गोल गर्न सकेनन् । खेलमा म्यानमार र नेपाल दुवै टोलीले गोल गर्ने उत्कृष्ट अवसर सृजना गरे पनि अग्रता लिन भने सकेनन् ।
पहिलो हाफको २४औँ मिनेटमा सान थ थ को शसक्त प्रहार नेपाली डिफेन्डर विमला विकले गोल लाइनबाट उत्कृष्ट बचाउ गरिन् ।
खेलको ३५औँ मिनेटमा सावित्रा भण्डारी (साम्बा) को हेडर गोलरक्षकले क्लियर गरिन् त्यसकै रिवाउण्डमा रेखा पौडेल र सविता रानामगरको प्रहार म्यानमारका डिफेन्डरले क्लियर गर्दा नेपालले अग्रता बनाउने अवसरबाट चुक्यो । अहिले दोस्रो हाफको खेल सुरु भइसकेकोछ ।
प्रतिक्रिया