मकवानपुर । सौर्य दैनिकले १४औँ वार्षिकोत्सव मनाएको छ । मकवानपुरको चित्लाङमा विशेष कार्यक्रम आयोजना गरेर सौर्य दैनिकले वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा ५ जनालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा संवाददातामध्येबाट केशव भट्ट, जिल्ला संवाददातामध्येबाट मुगु संवाददाता नन्दबहादुर रोकाया, डिजाइन तथा कम्प्युटरबाट दिनेश थापा, बजार व्यवस्थापनबाट दीपक भण्डारी, व्यवस्थापन तथा प्रशासन विभागको कर्मचारीमध्येबाट प्रतिज्ञा न्यौपाने सम्मानित भएका हुन् ।
वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा सौर्य दैनिकका प्रधानसम्पादक बोधराज त्रिपाठीले सम्पूर्ण कर्मचारीको लगन र मिहेनतबाट पत्रिका यहाँसम्म आइपुगेको र आगामी दिनमा पनि यस्तै मिहेनतको अपेक्षा गरेको बताए ।
शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई
नेपाल पत्रकार महासंघ सौर्य प्रतिष्ठान शाखाले यस बर्षको शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार पत्रकार चमिना भट्टराईलाई प्रदान गरेको छ । सौर्य दैनिकको १४ औं वार्षिकोत्सवको अवसरमा बुधबार उनलाई पुरस्कृत गरिएको हो ।
मकवानपुरको चित्लाङमा आयोजित कार्यक्रममा सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठी र नेपाल पत्रकारमहासंघ सौर्य प्रतिष्ठान शाखाका कावा अध्यक्ष नन्दनप्रसाद सापकोटाले संयुक्त रुपमा सो पुरस्कार हस्तान्तर गरेका हुन् ।
प्रत्येकबर्ष वार्षिकोत्सवको अवसरमा प्रदान गरिने यो पुरस्कारको राशी २० हजार रहेको छ । यो दोश्रो पटक हो ।
स्वर्गीय पत्रकार कार्की सौर्य दैनिकमा कार्यरत रहेकै बेला २०७८ जेष्ठ १ गते ३४ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको थियो । कार्की सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारीमा थिए ।
प्रतिक्रिया