सात जना उपसचिवका बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय, अरु निर्णय के–के छन् ?

काठमाडौं । सरकारले सात जना उपसचिवको एकै पटक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका सात जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका राजपत्रांकित द्वितीय श्रेणीका सात जना अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद्ले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्नेगरी अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू

प्रतिक्रिया