अछाम । अछाममा दुई किशोरी मृत फेला परेका छन् । जिल्लाको ढकारी गाउँपालिका–१ को छिन्ने ओडारको जंगलमा दुई किशोरी मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीका अनुसार गाउँपालिकाको वडा नम्बर ८ घोडासैन घर भएका १४ वर्षीया इश्वरी खड्का र सरस्वती खड्काको शव फेला परेको हो ।
प्रहरीका अनुसार दुवै किशोरी एकै घरका फुपू र भदै हुन् । शुक्रबार गाईवस्तु चराउन जंगल गएका उनीहरू शनिबार साँझ मृत फेला परेका छन् । शुक्रबार बेपत्ता भए पनि प्रहरीलाई भने खबर गरिएको थिएन ।
शनिबार सुरुमा एक किशोरी मृत फेला परेको खबर प्रहरीलाई आएको थियो । झण्डै ३० मिटरको दूरीमा अर्की किशोरीको पनि शव फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया