महिला सुदिृढिकरणमा अग्रणी बन्दै बुढीगंगा

विराटनगर । एलिया चौधरी, बुढीगंगा –२ मोरङकी स्थायी बासिन्दा । हरेक दिन बारीमा जान्छिन्,साग र अन्य तरकारी टिप्नका लागि उनलाई भ्याइ नभ्याइ नै छ । केयर एन्ड डेभ्लपमेन्ट नेपाल (सिडिओ), ललितपुरको सहयोगमा उनले २ वर्ष देखि उच्च कृषी प्रविधि अपनाउदै तरकारी खेती गरेकी छिन् । त्यसो त उनले धेरै अघि देखि नै तरकारी खेती नगरेकी होइनन् । तर, सिडिओले नयाँ परियोजना सञ्चालन गरे पछि उनले अपनाउने कृषी शैलीमा नै परिवर्तन आएको छ । परियोजना अन्तरगत कृषकलाई आधुनिक ढंगले कृषि व्यवसाय अपनाउन प्रशिक्षण दिइन्छ । साथमा बिउ बिजन प्रदान गरिन्छ । यत्ति मात्र होइन, किटनाशक औषधी प्रयोग गर्न पनि प्रशिक्षण दिइन्छ । यसका कारण बारीमा बढेको उत्पादनले उनीहरु मख्ख छन् ।

‘हामीले पाएको प्रशिक्षणले नगदी बाली उत्पादनमा धेरै सहयोग पुगेको छ ,’ एलियाले भनिन् । संय्ुक्त तेतारी कृषी समूह अन्तरगत रहेका एलिया जस्ता ३५ जना कृषकले सिडिओले प्रदान गरको यस सुविधाको लाभ लिइ रहेका छन् । उनी यस परियोजनाले निरन्तरता पाउन पर्नेमा जोड दिन्छिन् ।

तेतारीका महिलाको जस्तै सक्रियता पटवारी टोलमा रहेको गोदावरी महिला बचत समूहको पनि छ । सो समूहकी उपाध्यक्ष ललितादेवी माझीका लागि पनि अहिलेको समय भ्याइ नभ्याइ छ । एकातर्फ किसानी छ, अर्को तर्फ सिडिओ नेपालले केही स्थानीय बासी छनोट गरेर किराना पसलका लागि सहयोग गरेको छ । ललिताकै अनुसार ३० हजार रुपैया सिडिओले उपलब्ध गराएको छ, बाँकी रकम आफैले जोहो गरेकी ह्न । उनी कृषी र पसल व्यावसायमा उत्तिकै सक्रिय छिन् । उनले पनि बारीमा मुला ,काउली, साग र नगदेबाली लगाएकी छिन् ।

सिडिओ नेपालको स्थापना भएको धेरै वर्ष भएको छ । सो सस्थाको मुल क्षेत्र, ललितपुर, काभ्रे र रामेछाप थियो । इटाभट्टाको मजदुरको जिवनयापन, खानेपानी, स्वास्थ्य सुविधा, हेल्थ पोस्ट निर्माण लगायत कार्यक्रममा सक्रिय सो संस्थाले ५ बर्ष अघि बुढीगंगालाई आफ्नो कार्यक्षेत्रको रुमपा चयन गरेको हो ।

यस ५ वर्षको बिचमा महिला स्वावलम्बन, शशक्तीकरण, अनौपचारिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा यस संस्थाले बुढी गंगामा धेरै क्रियाकलाप गरी सकेको छ । सुरुमा बढुीगंगा–३ र बुढीगंगा –४ बाट सुरु भएको सो अभियन बुढीगंगा–१ मा सक्रिय थियो । यस पछि सिडिओको सक्रियता अहिले बुढीगंगा –२ र बुढीगंगा –३ मा हो । अब सिडिओको लक्ष्य बुढीगंगा–६ र ७ मा विस्तार गर्ने छ ।

सिडिओको यस अभियानले समान्य किसान मात्र होइन स्थानीय नेतृत्वमा पनि उत्साह छ । ‘राज्यले र हामीले गर्नुपर्ने काम सिडिओले गरेको छ ,’ बुढीगंगा गाउँपालिकाका प्रमुख जितनारायण थापा मगरले भने । उनको मतमा उपाध्यक्ष अमृता गच्छदार पनि सहमत छिन् । बुढीगंगाको महिलाहरुको सामुहिक उत्थानमा सिडिओको कार्यक्रम महत्वपूर्ण रहेको उनीहरुको मत छ । अनौपचारिक शिक्षा मार्फत महिलामा आएको जागरण , कषि क्षेत्रमा गरेको सहयोग, महिला स्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको झुल वितरण सिडिओका महत्वपूर्ण कार्यक्रम हुन् ।


त्यसो त प्रजनन स्वास्थ्य अहिलेको समयमा संसारमा नै बहसको विषय हो । महिला हकहितको सवालमा यो एउटा गम्भिर विषय हो । नियमित स्वाथ्य परीक्षण, जागरण, झुल वितरण बच्चा जन्मिए पछि सर्वोत्तम पिठो वितरण लगायत कार्यक्रमले बुढीगंगामा अहिले प्रजजन स्वास्थ्यमा धेरै सकरात्मक परिवर्तन आएको छ । अमृताकै मतमा पछिल्लो ४ वर्ष बढुीगंगाका लागि महिला जागरणको युग नै भने पनि फरक पर्दैन ।

अमृताकै भनाईलाई पुष्टि गर्न बुढीगंगा –२ को दस्ता त झनै उदाहरण हो । एक्काइसौ शताब्दीमा सुलभ जिल्ला मोरङकै एक गाउँपालिकाको कुनै टोलको साक्षरता मापन यत्ति विकराल अवस्थमा छ भन्दा पनि कसैको लागि विश्वास गर्न कठिन हो । दस्तामा धेरै जसो ऋषिदेव समु्दायका मानिसहरुको बसोबास छ । यही ऋषिदेव समुदायमा ६ महिना आधारभुत तालिम दिइयो ।
दुर्गा महिला बचत समूहको पहलमा ६ महिने अनौपचारीक महिला शिक्षा कार्यकम सञ्चालन भयो । निरक्षर रहेका महिला साक्षर भए । सामान्य जोड घटाउन जान्ने भए । समूहकी उपाध्यक्ष सञ्जु ऋषिदेवको विचारमा अब उनीहरुलाई कसैले ठग्न सक्दैन । त्यहाँ पढाउने जिम्मेवारी पाएकी सुस्मिता ऋषिदेवको भनाइमा आफ्नो समुदाय साच्चै पिछडिएको हो । सिडिओले ल्याएको जागरण र अफैले गरेको पहल साच्चै उदाहरणीय रहेको उनको मत छ ।

कार्यक्रम शरु भएको ४ वर्षको अवधिमा १ हहहजार ४४० गर्भवती तथा सुत्केरी लाभान्वित भएका छन् । सिडिओका अनुुसार यस अवधिमा १ हजार ४४० लाई झुल वितरण तथा सोही संख्यामा सेरामिक फिल्टर वितरण कार्य गरिएको छ ।

बुढीगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव रेग्मी पनि सिडिओको कार्यक्रम साच्चै सह्रानीय रहेका बताउँछन् । चार महिनाको अन्तरालमा सिडिओले ल्याएको कार्यक्रमका कारण आफैलाई पनि केही नयाँ र सृजनात्मक काम गर्न जागरण मिलेको उनको भनाइ छ । सिडिओ र गाउँ पालिकाको सहकार्यमा भएको काम प्रशंसनीय रहेकाले यस कार्यको निन्तरताका लागि उनको पनि जोड छ ।

बुढीगंगगा –३ का वडा अध्यक्ष तिलक नाथ मण्डलको विचारमा सिडिओले ल्याएको सेरामिक फिल्टर कार्यक्रम सह्रानीय छ । अहिले वडा कार्यालय आफैले स्वास्थ्य नागरिकका लागि भन्दै यस कार्यक्रमलाई अघि बढाएको छ ।

बुढीगंगामा धेरैजसो सिमान्तकृत समु्दायका बाल बालिका सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । यसै कारण उनीहरुको पढाइको स्तरमा समस्या नआओस् र प्रतिस्पर्धात्मक जनशक्ति निर्माण गर्ने हेतुले सिडिओले बुढीगंगाका दुई आधारभुत विद्यालयका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था मिलाएको छ । लिलाभक्त आधारभुत विद्यालय तथा मधुग्राम देवात आधारभुत विद्यालयका विद्यार्थीलाई सिडिओले अतिरिक्त कक्षा सञ्चालन गरेको हो ।

साताको ३ दिन उनीहरुले गणित, अङ्ग्रेजी र अतिरिक्त कृयाकलापको पढाइको अवसर पाउँछन् । कक्षा ६ मा अध्ययन गर्ने गरिब तथा जेहेन्दार २० विद्यार्थीलाई विद्यालयले नै छनोट गरेको हो । सिडिओले यस अघि आफ्ना कार्यक्षेत्रमा विपन्नका लागि आवास, विद्यालाय, पठन पाठन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्यलगायत विषयमा काम गर्दै आएको कार्यकारी निर्देशक आरती बस्नेतले जानकारी दिइन् । सिमान्तकृत र विपन्न वर्गले भोगेको समस्यासमाधानमा सकेको सहयोग गर्नु सिडिओको लक्ष्य भएको पनि बस्नेतले बताइन् ।

प्रतिक्रिया