प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना हुँदा ३ जना घाइते

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा परी घाइते भएका छन् । राज्यमन्त्री बम सवार प्रदेश ३–०१–०२४ च नम्बको गाडी शनिबार साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा पनि घाइते भएका छन् । सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । राज्यमन्त्रीको अवस्था सामान्य छ ।  भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा गाडी दुर्घटनामा परेको थियो । 

प्रतिक्रिया