चितवन राइनोजले दिएको १३१ रनको लक्ष्य पछ्याउँदै कर्णाली याक्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्स सामु जितका लागि १३१ रनको लक्ष्य दिएको को छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

चितवनका लागि रवि बोपारा अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतले ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपीन रावलले ११, जान निकोल लोफ्टी इटन र अमर रौतेलाले समान ९–९ र दीपक बोहोराले ८ रनको योगदान दिए ।

शरद भेषावकरले अविजित रहँदै छ रन जोडे भने सोहेल तनवीर शून्य रनमा आउट हुन पुगे । चितवनले अतिरिक्त पाँच रन प्राप्त गर्यो । कर्णाली याक्सका लागि विपीन शर्माले सर्वाधिक तीन विकेट लिए ।

कर्णालीका जिशान मकसूदले दुई, नन्दन यादव र कप्तान सोमपाल कामीले एक–एक विकेट हात पारे । अहिले कर्णाली याक्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया