काठमाडौं । आजको नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ ।
बिहीबार प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजोको तुलनामा प्रतितोला रू ६ सय घटेको हो ।
चाँदीको मूल्य भने प्रतितोला रू १० ले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार ८ सय ९० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया