बारा । नेपाल अपांग संघ बाराको कार्यालय परिसरमा २ तलाको लिफ्टसहितको अपांगतामौत्री भवन बन्ने भएको छ । अपांगमैत्री उक्त भवनको २०८१ साल फाल्गुन महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको छ । अपांगमैत्री भवनको एमालेका पोल्युट ब्युरो सदस्य पुरुषेत्तम पौडेलले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।
साथी नेपालको सहयोग एवं चाईल्ड रेस्क्यु नेपालको आर्थिक सहयोगमा दुई कोठे २ तल्ले भवन निर्माण हुने भएको छ । नेपाल अपांग संघ बाराको कार्यालयमा रहेका अपांग बालबालिकालाई पठनपाठन धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ । ३० लाखको लागतमा निर्माण हुने अपांगमैत्री भवनमा लिफ्टको समेत व्यवस्थापन गरिने छ ।
३३औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरपारेर अपांगमैत्री भवनको शिलान्यास गरिएको नेपाल अपांग संघ बाराका अध्यक्ष गंगा वाग्लेले बताए । दुई कोठे भवन निर्माण भएसँगै अपांग संघको कार्यालयमा रहेका बालबालिकाको पठनपाठन धेरै राहत मिल्नेसमेत उनले बताए ।
अपांगतामैत्री भवन शिलान्यास कार्यक्रममा बोल्दै नेकपा एमालेका पोल्युट ब्युरो सदस्य पुरुषेत्तम पौडेलले जिल्ला अपांग संघका कार्यलयमा ठप्प दुई कोठे भवन बनेपछि अपांगता भएका बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा हासिल गर्न पाउने बताए ।
शिक्षामा सबैको सम्मान पहुँच पुर्याउनका लागि साथी नेपाल संस्थाको सहयोगमा अपांगमैत्री भवन शिलान्याश गर्न पाउँदा आफू निकै खुशी महसुस गरेको उनले बताए । साथी नेपाल संस्थाले जिल्ला अपांग संघ बाराको अनुरोधमा दुई कोठे भवन निर्माण गर्नमा सहयोग गरेको साथी नेपाल संस्थाकि अध्यक्ष सरिता सापकोटाले बताइन् । उनले भनिन्, ‘दुई कोठे भवनले जिल्ला अपांग संघ बारामा रहेका अपांग बालबालिकालाई धेरै राहत मिल्ने छ ।’
अपांगतामैत्री भवन शिलान्यास कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले अपांग बालबालिकालाई समेत एकै नाशले हेर्ने दृष्टिकोण बनाउने गरी उपमहानगर काम गरिरहेको बताए ।
आफू शारिरिक रुपमा अपांग भएकोले अपांगता भएको व्यक्तिको समस्या धेरै नजिकबाट नियालेकाले अपांगता भएका व्यक्तिहरुको हकहितको लागि उपमहानगरले बजेटको नै व्यवस्थापन गरिदिएको समेत उनले कार्यक्रममा सुनाए ।
उक्त शिलान्याश कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, पूर्व प्रदेशसभा सदस्य शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेल लगायत अपांगता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जनजागृती युवा क्लबद्वारा शैक्षिक सामग्री वितरण
३३औँ अन्तर्राष्ट्रिय अपांगता दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मुल नाराका साथ बारामा पनि ३३औँ अन्तराष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
अपांगता दिवसको अवसर पारेर जनजागृती युवा क्लब सिमराले श्रोत कक्षा सञ्चालन भइरहेको जितपुरसिमरा उपमहानगरपालिकाको विद्यालयहरुमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । जनजागृती क्लब सिमराले जनता माबी रजघट्टा, नेपाल राष्ट्रिय माबी सिमरा, नेपाल राष्ट्रिय मावी डुमरवाना र दुर्गा मावीमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । अपांगता मैत्री भवन शिलान्यास कार्यक्रममै उक्त क्लबले शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
जितपुरसिमरा उपमहानगरद्वारा ६५ थान अपांगता सहायक सामग्री वितरण
यता जीतपुरसिमरा उपमहानगरपालिकाले पनि ३३औँ अन्तराष्ट्रिय अपांगता दिवसको अवसर पारेर अपांगता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सामग्री वितरण गरेको छ ।
जितपुरसिमरा उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरुले नै माग गरे अनुसार केही सामग्री वितरण गरेको जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले बताए ।
जितपुरसिमरा उपमहानगरपालिकाले २५ थान ह्विलचेयर, टाई, साईकल १३ थान, सेतो छडी १५ थान, हियरिङ हेडसेट ५ थान, वाल्कर ३ थान गरी ६५ थान अपांगता सहायक सामग्री वितरण गरेको उपप्रमुख अधिकारीले बताए ।
बारा
प्रतिक्रिया