शाइल र सम्झनाको आवाजमा ‘सुँगुरको मासुमा पल्केर…’

काठमाडौं । गायक शाइल लिम्बु र सम्झना योङहाङको युगल आवाजमा ‘सुँगुरको मासुमा पल्केर…’ नामक गीतको भिडियो बजारमा आएको छ ।

उक्त गीतको भिडियो जि मिडिया कनेक्शन नामको युट्युबाट बुधबार सार्वजनिक गरिएको हो । ‘सुँगुरको मासुमा पल्केर २’ गीतमा गायक शाइल लिम्बुकै शब्द रचना र संगीत रहेको छ । यसै हप्ता छायांकन गरिएको यस गीतको भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा दिग्गज कलाकार यासेली योङहाङ, चर्चित मोडल डोना थापा, विपना आङ्बुहाङ, आशिष लिम्बु, मिस मंगोल एन्जल राई, उम्दा कलाकार उदय बेघा, प्रकाश आङ्बुहाङ, ‘हाङ बारे’ विमला इवाराम, मिना महरेसाङ, हर्कराज घिसिङ, ज्योति आङ्बुहाङ, बिवास राई, विशाल लिम्बुलगायत रहेका छन् ।

प्रकाश आङ्बुहाङ ‘हाङ्बारे’ निर्माता रहेको यस भिडियोमा सनम तामाङको छायांकन, दिनेश शाहको सम्पादन रहेको छ भने दिनेश माङ्मुको कोरियोग्राफी र विजय मगरको निर्देशन रहेको छ ।

पछिल्लो समय लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिविधी बढीरहेको बेला लिम्बु जातीकै परम्परा, कलासंस्कृतिमा आधारित रहेको गायक शाइल लिम्बुले बताए ।

प्रतिक्रिया