लोसपा संसदीय दलको नेतामा सोनल

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । लोसपाले सोनललाई आइतबार मधेस प्रदेशसभाको संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि संसदीय दलका नेता रहेका प्रदेशसभा सदस्य अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा अदालतबाट दोषी ठहर भएपछि प्रदेशसभा सचिवालयले उनलाई निलम्बन गरेको थियो ।

अदालतले दोषी ठहर गरेपछि शर्मा सम्पर्कमा आएका छैनन् । मधेस प्रदेशको बाराबाट प्रदेशसभा सदस्यमा निर्वाचित सोनल लोसपाका मधेस प्रदेश अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया