वीरगन्ज । विगत १५ वर्षदेखि ठाकुर राम बहुमुखी क्याम्पसको चुनाव हुन सकेको छैन । तर, यो वर्ष त्रिभुवन विश्वविद्यालयलको आगामी फागुन १५ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको बेला त्यसको मध्यनजर गर्दै नेपाल विधार्थी संघका विद्यार्थी नेताको बैठक सोमबार सम्पन्न भएको छ । २०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १५ गते गर्ने तयारीमा त्रिवि रहेको छ ।
स्ववियु निर्वाचनको मध्यनजर गर्दै वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीलको प्रमुख अतिथामा बैठक बसेको हो ।
उक्त बैठकमा नेविसंघका केन्द्रीय सदस्य एवं प्रमुख अतिथि मुनाराज तिवारीले भने स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेन्डर अस्तव्यस्त र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको बताए । स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको बताए । उनले स्ववियु निर्वाचन नहुँदा शैक्षिक आन्दोलनलाई नोक्सान हुनुका साथै विद्यार्थीका हकअधिकार उठाउने ठाउँ नभएको बताए ।
नेविसंघको बैठकमा ठाकुरराम बहुमुखी क्याम्पसमा हुने स्ववियु चुनावको विषयमा विधार्थीहरूले आआफ्नो धारणा राख्दै ठाकुर राम बहुमुखी क्याम्पसको दिनप्रतिदिन अवस्था नाजुक हँुदै गएकोप्रति र विकासमा पनि पछाडि परेकोप्रति दुःख व्यक्त गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसलाई सुधारोन्मुखतर्फ लग्न र शैक्षिक विकासको लहर ल्याउनको निमित्त स्ववियु चुनावलाई लक्षित गर्दै कसरी आफ्नो पक्षमा विद्यार्थीहरूलाई पार्न सकिन्छ र कसरी ठाकुरराम बहुमुखी क्याम्पसलाई नेविसंघ मई बनाउन सकिन्छ त्यस विषयमा बैठकमा छलफल भएको नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पसका विधार्थी नेता राजु गुप्ताले जानकारी दिए ।
उक्त बैठक नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीको प्रमुख अतिथिमा बसेको बैठकमा ठाकुरराम बहुमुखी क्याम्पस विद्यार्थी नेता राजु यादव, राहुल दास, रुपेश साह, इम्तियाज हुसैन लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया