काठमाडौं । सुप्रसिद्ध गीतकार हरि बस्ताकोटीको गीत ‘सुन्कै थाली’ भर्खरै सार्वजनिक भएको छ । सुगम संगीतका मुर्धन्य संगीतकार गुरु चण्डीप्रसाद काफ्लेको सगीत र यस समयका चर्चित गाएक राज सिग्देलको आवाजमा ‘सुन्कै थाली’ लाई सजाइएको छ ।
यो गीत श्री संगीत पाठशालाको आफ्नै च्यानलबाट हिजोमात्र सार्वजनिक गरिएको हो । ‘जतिबेला योसुन्दर धरती ‘ईश्वर’ अनि ‘प्रेम’ हराएको रित्तो मन्दिर जस्तै लाग्यो,मैले ईश्वर र प्रेमको खोजिमा यो गीत लेखेँ’, गीत सार्वजनिक हुने बित्तिकै गीतकार बस्ताकोटीले सौर्य अनलाइनलाई आफ्नो प्रतिक्रिया दिए ।
‘सुनकै थाली’ जीवनको फरक लय र संगीतको फरक सुगन्ध बोकेको गीत भएको गीतकार बस्ताकोटीले बताए । ‘जीवनको कटुलय, बिधाताको निर्मम खटन, व्यक्ति केन्द्रीत समाज, प्रकृतीको बिचित्र रुप, मान्छेहरूका बिकाउ जीवन शैली, स्पर्शबिनाको कित्रीम प्रेम सबै भोगेर आजका मानिस दुःखी छन्, मानौँः मान्छे दुःखको पर्याय हो, आजभोलि यस्तो लाग्छ यस दुनियाँमा बाँच्नलाई अब रुन पनि सिक्नुपर्ने भएको छ’, उनले भने ।
गीतकारको वन्दना छ धरतीमा सुनको नयाँ बिहानी आओस् कोइलीले हाम्रै खुशीको गीत गाओस् । महाभूकम्पको पीडामा बुनिएको उक्त गीत कोरोनाको विश्व त्रासदी झेल्दै हाल बर्षादको बाढी पहिरो अनि डुवानको बीचबाट सार्वजनिक गरिएको गुरु चण्डीप्रसाद काफ्लेले जानकारी दिए । युवा उपन्यासकार कवि एवं गीतकार बस्ताकोटीको ‘सुनकै थाली’ उनका कालजयी सदावहार गीतहरूको सँग्रह ‘तस्बिर’ एल्बममा समावेश छ ।
सुगम संगीतमा कलम चलाइरहेका गीतकार बस्ताकोटी उच्च कोटीका स्तरीय गीत लेख्ने गीतकार मानिन्छन् । उनका ‘तिमीलाई पाउँन मन्दिर धाएँ’, ‘आँखामा कुनै सपना छैन’, ‘थोत्रो चोली’, ‘अमृत भनी विष पिलायौ’, ‘वर्दी टोपी’, ‘औँठी मागी सिक्री मागी’, ‘सुनकै थाली’लगायतका दर्जन गीतका भिडियो सार्वजनिक भइसकेका छन् । गीतकार बस्ताकोटी नवलपुरको बुलिङटारमा जन्मिएका हुन् । यी राष्ट्रिय प्रतिभाले बिगत २५ वर्षदेखि निरन्तर कलम चलाएका छन् ।
प्रतिक्रिया