मुम्बई । अभिनेत्री मिमी चक्रवर्तीले आफूलाई अनलाइनबाट बलात्कारको धम्की आएको दाबी गरेकी छन् । भारतीय राजनीतिक दल तृणमूल कांग्रेस (टिएमसी) की पूर्वसांसद तथा बंगाली अभिनेत्री मिमीले आफूलाई अनलाइनबाट बलात्कारको धम्की आएको दाबी गरेकी छन् ।
उनले आफूलाई यसरी बलात्कारको धम्की आउनुपछाडि कोलकाता प्रकरणमा डाक्टरहरूले गरिरहेको आन्दोलनलाई आफूले समर्थन गर्नु कारण रहेको बताएकी छन् । मिमी चक्रवर्तीले आफ्नो आधिकारिक एक्स खातामा प्राप्त धम्कीको स्क्रिनसट सार्वजनिक गरेकी छन् । पछिल्लो समय यस्ता धेरै धम्कीपूर्ण कमेन्ट आइरहेको उनको भनाइ छ । उनले आफ्नो पोस्ट कोलकाता पुलिसको साइबर क्राइम डिभिजनलाई ट्याग गरेकी छन् ।
प्रतिक्रिया