मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर फिल्म ‘स्त्री–२’ का कारण चर्चामा छिन् । गत बिहीबारदेखि रिलिज भइरहेको यस फिल्मले बक्सअफिसमा धमाका मच्चाइरहेको छ । यसैबीच, श्रद्धा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पार्दै इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने तेस्रो नम्बरमा छिन् ।
‘स्त्री–२’ हिट भएपछि श्रद्धालाई दर्शकहरूले चर्चित सामाजिक सञ्जाल इन्स्टाग्राममा धमाधम फलो गरिरहेका छन् । श्रद्धाका इन्स्टाग्राममा ९ करोड १५ लाख फलोअर्स छन् भने प्रधानमन्त्री मोदीको ९ करोड १३ लाख छन् ।
यद्यपि, भारतीय प्रधानमन्त्री मोदी एक्स (ट्विटर) मा धेरै फलोअर्स भएका विश्व नेता हुन् । उनलाई एक्समा १०१ दशमलव २ मिलियनले फलो गरेका छन् । भारतमा सर्वाधिक पछ्याउने पहिलो स्थानमा क्रिकेटर विराट कोहलीको नाम छ । उनलाई इन्स्टाग्राममा २७ करोड १० लाखले पछ्याएका छन् । त्यसैगरी, दोस्रो नम्बरमा अभिनेत्री प्रियंका चोपडा छिन् । उनलाई इन्स्टाग्राममा ९ करोड १८ लाखले फलो गरेका छन् । त्यसपछि धेरै पछ्याइनेमा आलिया भट्ट, कट्रिना कैफ, दीपिका पादुकोण, नेहा कक्कर र उर्वशी रौतेला छन् ।
प्रतिक्रिया