काठमाडौँ । फिल्म ‘एक्टरः टेक वान’को फस्र्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का छन् । पोस्टरमा प्रदीपका ५ अवतार प्रस्तुत गरिएको छ । घाइते, नेपाली पोसाक, पाइलटको भेष, लामो कपालमा क्याजुअल ड्रेससहित हल्का जाडोमा स्वेटर लगाएका ५ लुक्समा प्रदीप फिचर्ड छन् ।
यीमध्ये टाउको र अनुहारभरि चोट लागेको तस्बिरले पोस्टरमा प्राथमिकता पाएको छ । जसमा उनको टाउको र हातमा ब्यान्डेज देखिन्छ । जुन हात उनले काँधमा झुन्ड्याएका छन् ।
उभिनलाई वैशाखीको सहारा लिएका छन् । जसले उनी ठूलै दुर्घटना वा कुनै आक्रमणमा परेको संकेत गर्छ । यीमध्ये कुन लुकको क्यारेक्टरले फिल्ममा प्राथमिकता पाएको छ, त्यो भने प्रस्ट छैन ।
१५ कात्तिकमा रिलिज हुने फिल्ममा प्रदीपसँगै डेब्यु अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा छन् । राजन भुसालको निर्देशनमा रहेको फिल्ममा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीपकुमार चौधरी (पीके), देवेन्द्र नेपाललगायतले अभिनय गरेका छन् । राज बल्लभको यो कमब्याक फिल्म हो ।
अभिनेता खड्काले पहिलोपटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । थमनकुमारी भण्डारी फिल्मका निर्माता हुन् । पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । फिल्मका लेखक आकाश बराल र राजन भुसाल हुन् । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको फिल्ममा अष्टम महर्जनको द्वन्द्व छ । मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको फिल्ममा सहनिर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की छन् । फिल्ममा निमेश श्रेष्ठले सम्पादन छ ।
प्रतिक्रिया