मुम्बई । श्रद्धा कपुर र राजकुमार राव अभिनीत बलिउड फिल्म ‘स्त्री–२’ बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ । गत बिहीबार रिलिज भएको यस फिल्मले भारतभर ५ दिनमा २ करोड ४२ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ ।
बिहीबार स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको यस फिल्मले पहिलो दिन ६४ दशमलव ८० करोड भारुको ओपनिङ गरेको थियो । दोस्रो दिन ३५ दशमलव ३० करोड भारु कमाउँदा तेस्रो दिन फिल्मले ४५ दशमलव ७० करोड कमाएको थियो । चौथो दिन आइतबार ५७ दशमलव २० करोडको व्यापार गरेको फिल्मले सोमबार ३८ दशमलव ४० करोड भारु कलेक्सन गर्न सफल भयो ।
जुन कलेक्सनसँगै यो फिल्म घरेलु बक्सअफिसमा यसवर्षको सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ । साथै यस फिल्मले ‘टाइगर–३’, ‘बाहुबली–२’ हिन्दी भर्सन र एनिमलको व्यापारलाई पछाडि पारेको छ ।
विश्वभर भने यो फिल्म ३०० करोड भारतीय क्लबमा प्रवेश गरिसकेको छ । ‘स्त्री’को यो दोस्रो शृंखलामा अपारशक्ति खुराना, अभिषेक बनर्जी र पंकज त्रिपाठीको पनि अभिनय छ । यो फिल्म २०१८ को हिट हरर कमेडी चलचित्र ‘स्त्री’ को सिक्वेल हो, जसले दर्शकलाई धेरै हँसाएको र डराएको थियो । ‘स्त्री–२’ लाई ‘स्त्री’ बाट निर्देशनमा डेब्यू गरेका अमर कौशिकले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया