मुम्बई । बलिउड निर्देशक इम्तियाज अलीले हालै आफ्नो फिल्म ‘हाइवे’ सँग सम्बन्धित खुलासा गरेका छन् । उनले यस फिल्ममा वीराको भूमिकाका लागि अभिनेत्री आलिया भट्ट आफ्नो पहिलो रोजाइ नभएको बताए ।
एक अन्तर्वार्तामा ऐश्वर्या रायको नामबारे इम्तियाजले आफू यो भूमिकाका लागि परिपक्व अभिनेत्रीलाई कास्ट गर्न चाहेको बताए । यसका लागि उनले ऐश्वर्या रायको नाममा विचार गरिरहेका थिए । उनले यो भूमिकाका लागि ऐश्वर्यासँग कहिल्यै सम्पर्क गरेनन् ।
हाइवे इम्तियाजको पहिलो फिल्म थियो । निर्देशकका रूपमा उनको यो पाँचौँ फिल्म थियो । अलीले भने, ‘म ३० वर्षभन्दा माथिको केटीलाई वीराको भूमिकामा खेलाउन चाहान्थेँ । केही जीवन अनुभव भएको अभिनेत्रीलाई कास्ट गर्न चाहन्थेँ । तर, आलियालाई भेटेपछि हामी उमेर होइन, भावनात्मक गहिराइ र परिपक्वता खोजिरहेका थियौँ, जुन जुनसुकै उमेरमा पनि पाउन सकिन्छ ।’
यस फिल्ममा आलियाको अपोजिटमा रणदीप हुड्डा मुख्य भूमिकामा थिए । सन् २०१४ मा रिलिज भएको फिल्म ‘हाइवे’ आलियाको करियरको दोस्रो फिल्म थियो । यसका लागि आलियाले सर्वश्रेष्ठ अभिनेत्री समीक्षकको लागि फिल्मफेयर पुरस्कार जितिन् । इम्तियाजको पछिल्लो फिल्म ‘अमर सिंह चमकिला’ हो । जुन हालै नेटफ्लिक्समा रिलिज भएको थियो ।
प्रतिक्रिया