अर्घाखाँची । शितगंगा नगरपालिकामा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल बर्षाका कारण शितगंगा नगरपालिका वडा १३ भंगला सिमलपानीमा गोठमाथीबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षिय बिष्णु थापाको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै मृत्यु भएको हो । गोठमा थापा संगै एक भैँसीको पाडो, दुई बाख्रा समेत च्यापिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा उद्धार र ब्यवस्थापनको कार्य ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक रविन्द्र चन्द सहितको टोलीले लागी रहेको वडा अध्यक्ष दुर्गा बिसीले जानकारी दिए । लामो समय पहिरोले पुर्दा जिवित उद्धार गर्न सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।
निरन्तर पानी परिरहेको उद्धार कार्यमा थप चुनौती भएको प्रहरीनिरिक्षक रबिन्द्र चन्दले बताए । स्थानीय प्रशासनले पहिरोको जोखिमलाई ध्यानमा राखी सतर्क रहन र आबश्यक सुरक्षा अपनाउन समते अनुरोध गरेको छ ।
अर्घाखाँची
प्रतिक्रिया