काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले बिहे गरेकी छन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी हुन् । दुवैले काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा लगनगाँठो कसे । बिहेमा परिवार र निकट आफन्तको उपस्थिति थिए । अरुणिका श्रीमान श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन् । बराहक्षेत्र नगर कमिटीका उपसभापतिसमेत हुन् ।
केहीदिनअघि उनीहरूले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए । उनीहरूको मागी बिहे गरेको बताइएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अरुणिमाको दोस्रो विवाह हो ।
प्रतिक्रिया