‘देवी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । हिन्दू महिलाहरूको पर्व तीजको अवसर पारेर प्रदर्शनमा आउने लागेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार कमलपोखरीस्थित एक हलमा कार्यक्रमको आयोजना गरी २ मिनेट ३९ सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो । समाजमा घट्ने बलात्कारजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथामा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्ममा ६ वर्षअघि बलात्कारपछि हत्यामा परेकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको घटनामा पनि फिल्ममा समेटिएको ट्रलरले खुलाउँछ । फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

कोरोना अगाडिबाट नै सुरु गरेको काम भर्खरै सम्पन्न भएकोमा निर्देशक राईले खुसी व्यक्त गरे । उनले यो फिल्म आफ्ना लागि पनि विशेष भएको बताए ।

राईले भने, ‘प्रोफेसनल फोटोग्राफर भए पनि आफ्नो बच्चादेखिको सपना पूरा गर्न मैले यो फिल्म बनाएको हो । विभिन्न उत्तारचढाव आए पनि अब प्रदर्शन हुने भएको छ । खुसी छु ।’

विभिन्नरूपले कमर्सियल फिल्म गर्न सुझाव आए पनि समाजिक घटनाको कथामै काम गर्ने ढिपीले यो फिल्म बनेको उनको भनाइ छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको यस फिल्म निर्देशक राई र अजय गौतम मिलेर लेखेका हुन् । निर्देशक राईलाई निर्माणमा सिनेमाकी मुख्य पात्र शिल्पा मास्केले पनि सघाएकी छन् । उनी फिल्मको सह–निर्माता हुन् ।

‘देवी’एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माण टिमले प्रदर्शनका लागि बाँसुरी फिल्मस्सँग सहकार्य गरेको छ । फिल्मको प्रदर्शन मिति २१ भदौलाई तोकिएको छ ।

प्रतिक्रिया