काठमाडौँ । सातौँ संस्करणको ‘मिस्टर एन्ड मिस लिटिल कोसी’ को विराटनगर अडिसन सम्पन्न भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका लागि विराटनगरमा भएको पहिलो अडिसनमा ५० भन्दा बढी बालबालिकाहरूको सहभागिता थियो ।
जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले ७ भदौमा सुनसरीको इटहरी र १५ भदौमा धरानमा अडिसन हुने जानकारी दिए । अडिसनको निर्णायकमा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, बिपी कोइराला विज्ञान प्रतिष्ठानका डा.श्रवण मण्डल, ‘मिस कोसी २०२४’ की विजेता शुभलक्ष्मी राई, ‘मिस कोसी २०२४’ की ‘अर्गनाइजर च्वाइस’ विजेता र ‘फस्ट रनरअप’ निशाहाङ्मा लिम्बु, ‘मिस्टर एन्ड मिस लिटिल कोसी २०२३’ की विजेता प्रशिका श्रेष्ठ थिए ।
अध्यक्ष रायका अनुसार प्रतियोगिताको छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीहरू फाइनलमा पुग्नेछन् । विजेताले नगद र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् । छैठौँ संस्करणको ‘मिस्टर एन्ड मिस लिटिल कोसी’को उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका थिए । प्रिकाशाले ‘मिस’ तर्फ र सुगमले ‘मिस्टर’तर्फको उपाधि जितेका थिए । बालबालिकाहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ । ‘प्रतियोगितामा भाग लिने इच्छुक बालबालिकाका लागि आवेदन खुल्ला गरिएको छ । आवेदन अनलाइनबाट पनि दिन सकिने गरेका छौँ’, अध्यक्ष रायले भने ।
प्रतिक्रिया