बागलुङ जिल्लाको साविक धुल्लुबाँसकोट–२ चित्रे गाउँ, हाल बरेङ गाउँपालिका–१ स्थित सामान्य परिवारमा बुबा छायादत्त उपाध्याय र आमा दुर्गादेवी आचार्यको कोखबाट जन्मिएकी किस्ना आचार्य ‘रोशनी’ यतिबेला सफल गीतकार, साहित्यकारसँगै सञ्चार कर्ममा जमिरहेकी छन् । गीत संगीत र साहित्यमा बामे सर्न गाउँबाटै सुरु गरेकी उनको हाल सोही क्षेत्रलगायत अतिरिक्त सञ्चार कर्ममा जमिरहेकाले राम्रो अनुभव छ । हाल काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी आचार्य आफ्नो पहिलो रुचि साहित्य सिर्जना भएको बताउँछिन् । कक्षा ८–९ मा अध्ययन गर्दाको समय नै गजल र कविता लेख्ने र उपयुक्त अवसर पाउने बित्तिकै वाचन गर्ने गरेको उनले सुनाइन् । विद्यालय तथा स्थानीय स्तरमा हुने कार्यक्रममा उनी गायन अथवा गजल वाचनको माध्यमबाट प्रस्तुत हुँदै उपस्थित भिडको मन जितिहाल्थिन् ।
काठमाडौँ । कतिपय व्यक्ति एउटा मात्र नभई अन्य पेसा तथा कर्ममा रुची राख्ने गर्दछन् । अझै भनौँ कला तथा साहित्य र सञ्चार क्षेत्रमा लाग्ने प्रायः त यी दुवै कर्ममा जोडिने गरेको अधिकांश पाइन्छन् । यस्ता कैयौँ उदाहरण छन्, जो कला तथा साहित्य र सञ्चार कर्मलाई एकसाथ अगाडि बढाइरहेका यी चर्चित कलाकारहरू मध्यकै किस्ना आचार्य, ‘आचार्य’को चर्चा गरिएको हो । कला तथा साहित्यसँगै सञ्चार क्षेत्रलाई अँगालेकी किस्ना आचार्य ‘रोशनी’ । उनी पनि कलासाहित्य र सञ्चार क्षेत्र दुर्व कर्ममा एकैसाथ उनी जमेकी छन् । सानै उमेरदेखि कलासाहित्यमा रुची राख्ने रोशनीलाई सञ्चार कर्मममा पनि मोह जाग्यो । त्यसै मोहले बिस्तारै कला तथा साहित्यसँगै सञ्चार क्षेत्रमासमेत उनलाई सोचेअनुरूप भएको छ ।
बागलुङ जिल्लाको साविक धुल्लुबाँसकोट–२ चित्रे गाउँ, हाल बरेङ गाउँपालिका–१ स्थित सामान्य परिवारमा बुबा छायादत्त उपाध्याय र आमा दुर्गादेवी आचार्यको कोखबाट जन्मिएकी किस्ना आचार्य ‘रोशनी’ यतिबेला सफल गीतकार, साहित्यकारसँगै सञ्चार कर्ममा जमिरहेकी छन् । गीत संगीत र साहित्यमा बामे सर्न गाउँबाटै सुरु गरेकी उनको हाल सोही क्षेत्रलगायत अतिरिक्त सञ्चार कर्ममा जमिरहेकाले राम्रो अनुभव छ ।
हाल काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी आचार्य आफ्नो पहिलो रुचि साहित्य सिर्जना भएको बताउँछिन् । कक्षा ८–९ मा अध्ययन गर्दाको समय नै गजल र कविता लेख्ने र उपयुक्त अवसर पाउने बित्तिकै वाचन गर्ने गरेको उनले सुनाइन् । विद्यालय तथा स्थानीय स्तरमा हुने कार्यक्रममा उनी गायन अथवा गजल वाचनको माध्यमबाट प्रस्तुत हुँदै उपस्थित भिडको मन जितिहाल्थिन् ।
सानैदेखि लोकभाका र प्रत्यक्ष दोहोरी गाउन अब्बल रोशनी उनका साथीभाई तथा गुरुहरूका हौसलाले यही क्षेत्रमा अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेकी थिइन् । रुमानी मासिक पत्रिकामार्फत पहिलो गजल पाठकमाझ प्रस्तुत गरेकी उनले डायरीका पानाहरू मात्रै गजलका शेरहरूले भरिरहिन् । साथमा आफ्नो बाल मस्तिष्कका निर्दोष र सिर्जनशील भावहरूको पुस्तकाकार स्वरूप ‘च्यातिएको मन’ नामक लघु उपन्यास २०६५ असारमा प्रकाशित गरी आफ्ना प्रशंसकमाझ पस्किइन् ।
धवलागिरी साहित्य प्रतिष्ठानसँग उनको सामिप्य पहिल्यै थियो । उनको दोस्रो कृति गजल संग्रह ‘संघर्ष’ को प्रकाशन २०६६ चैतमा धवलागिरी र यसको छत्रछायामा हुर्किएका साहित्यिक सर्जक र पाठकमाझ अझै उनको पहिचान बिस्तार भयो । प्रकाशनका हिसाबले साहित्यमा अगाडि भए पनि घाँसदाउरा, मेलापात चाडपर्वको रौनक अनि जनजिब्रोका सहज र सुललित प्रस्फुटन लोकभाकाका मालामा उनिने शब्द गुच्छा किस्नाका अन्तर्मनबाट निस्किन खोज्थे । उनी तिनलाई डायरीका पानामा सुरक्षित राख्थिन् । गीतसंगीत क्षेत्रमा लाग्ने सपनाले मूर्तरूप लिएको बताउँछिन् उनी ।
सफल गीतकार तथा सञ्चारकर्मीको दर्जा हासिल गरेकी रोशनीलाई विभिन्न संस्थाद्वारा आयोजित कार्यक्रममा अवार्ड र सम्मान पनि प्राप्त भएका छन् । सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा सर्वोत्कृष्ट शब्द रचना २०७४, निम अवार्डको युवा पत्रकारिता सम्मान २०७५, नाट्यश्वर म्युजिक अवार्डमा उत्कृष्ट मौलिक सिर्जना सम्मानबाट आफू सम्मानित भएको उनले सुनाइन् ।
२०६८ सालमा आचार्यको शब्द रचनामा जमुना राना र सुरेश अधिकारीको स्वरमा ‘फूल सम्झ या काँडा’ सार्वजनिक भएदेखि हालसम्म उनका शब्द, लय र स्वर रहेका २ दर्जन बढी गीत सार्वजनिक भइसकेका छन् । काठमाडौँ आएपछि आफ्ना केही गीतमा स्वर भरेर भिडियोमा अभिनयसमेत गरेकी रोशनी आफू गायन अभिनयभन्दा सिर्जनामै रमाइन् । यो यात्रा अनवरत अघि बढ्ने क्रममा रहेको किस्ना सुनाउँछिन् । विशेषतः शब्द सिर्जनामा दखल राख्ने आचार्यका लोकदोहोरीका अलावा सालैजो, तिज, दसैँ, मौलिक झ्याउरे भाका, आधुनिक विधाका गीत सार्वजनिक भएका छन् । ‘आँसुको मूल्य’, ‘तिम्रो याद’, ‘तिम्रो यादमा’, ‘जोगी,’ मायाको घैला’, ‘सोल्टिनी नानी’, ‘मन परेरै हो कि,’ ‘निरिमायाको’लगायत गीत उनका सफल गीतका रूपमा छन् ।
त्यस्तै, पुरानामा गायक इन्द्र जिसीदेखि वसन्त थापा हुँदै गायिका शर्मिला गुरुङ, मुना थापा, देवी घर्ती, पूर्णकला बिसीलगायत सुगम संगीतमा कुनै समय जमेका मनोजराज, रजिना रिमाल, अस्मिता अधिकारी, शान्तिश्री परियार, गोविन्द मधुर आचार्य लगायतसँग सहकार्य गरिसकेकी रोशनी गीतसंगीत, साहित्य र सञ्चार कर्मको क्षेत्रमा एक हुन् ।
सफल गीतकार तथा सञ्चारकर्मीको दर्जा हासिल गरेकी रोशनीलाई विभिन्न संस्थाद्वारा आयोजित कार्यक्रममा अवार्ड र सम्मान पनि प्राप्त भएका छन् । सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा सर्वोत्कृष्ट शब्द रचना २०७४, निम अवार्डको युवा पत्रकारिता सम्मान २०७५, नाट्यश्वर म्युजिक अवार्डमा उत्कृष्ट मौलिक सिर्जना सम्मानबाट आफू सम्मानित भएको उनले सुनाइन् ।
त्यसैगरी इपिक नेपाल म्युजिक अवार्डमा कला पत्रकारिता सम्मान २०७५, नेसनल पावर म्युजिक अवार्डमा सर्वोत्कृष्ट शब्द रचना २०७६, म्युजिक खबर म्युजिक अवार्डमा सर्वोत्कृष्ट शब्द रचना २०७७, पावर इन्टरनेसनल फिल्म फेस्टिभलमा रंग पत्रकारिता सम्मान २०७८ मा उनले प्राप्त गरेकी छन् । साथै, १०औँ छायाछवी तिज नारी गीतकार सम्मान २०८०, म्युजिक खबर म्युजिक अवार्डमा उत्कृष्ट आधुनिक शब्द रचना २०८१ उनले आफ्नो कर्म अनुसार प्राप्त गरेका उपलब्धिका शृंखला हुन् ।
सानैदेखि आफूलाई रेडियो सुन्न असाध्यै मन पर्ने स्मरण गर्दै आचार्यले सानोमा अरूले चलाएको कार्यक्रम सुन्दा अचम्म मान्नु मात्रै नभई पछि आफैँ कार्यक्रम चलाउनु दैनिकी बनेको सुनाइन् । केही समय आफ्नै गृह जिल्लामा सञ्चालित एफएम रेडियो र पछि लमजुङ जिल्लाको रेडियोमा काम गरिन् । सञ्चार क्षेत्रमा उनको संलग्नता रेडियोबाट अनलाइन तथा छापामा प्रवेश गर्यो २०६९ सालको काठमाडौँ बसाइपछि । ‘युएस खबर’ अनलाइन तथा पाक्षिक पत्रिकामा मनोरञ्जन संयोजकको जिम्मेवारी २०७१–२०७३ पछि हिमचुली खबरको सहसम्पादक बनेर एक वर्ष बिताइन् ।
लगत्तै उनले कामना मिडियामा असिस्टेन्ट मेनेजरको भूमिकामा १ वर्ष पूरा गरिन् । लाइभ दोहोरीको टेलिभिजन कार्यक्रम पछ्यौरीको उत्पादकको रूपमा १ वर्ष साथमा म्युजिक खबर अनलाइन तथा पाक्षिकमा रहेर काम गरिन् । त्यसैगरी खबर वर्षा अनलाइनको सम्पादक र उत्तरगया दैनिकको सहसम्पादक हुँदै हाल मध्याह्न राष्ट्रिय दैनिकको मनोरञ्जन संयोजकको भूमिकामा आइपुगेको किस्नाले जनाइन् । यी विभिन्न विधामा पोख्त उनी विभिन्न सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर छन् ।
आफ्नै संलग्नतामा विभिन्न अवस्थाका व्यक्तिलाई आर्थिक सहयोग गर्नेदेखि व्यक्तिगत रूपमा जन्मदिनलगायत अवसरमा आश्रित व्यक्ति तथा समूहलाई आफ्नो खर्चबाट केही रकम कटाएर भए पनि सकेको सहयोग गर्नु मानवताको अभिन्न अंग भएको उनको भनाइ छ ।
कलासाहित्य र सञ्चार कर्मको पेसालाई अघि बढाउँदै आएकी आचार्यको अन्य विभिन्न सामाजिक संघसंस्थासँग पनि आबद्धता छ । रोशनी गीतकार संघको सदस्य, गोरखा सांस्कृतिक संघ, धवलागिरी साहित्य प्रतिष्ठान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी साधारण सदस्यसमेत हुन् ।
प्रतिक्रिया