विभिन्न मुद्दाका फरार १६ प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले १६ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ ।

रौतहट जिल्ला अदालतको फैसला कार्यान्वयनअन्तर्गत कैद जरिवाना सजाय पाई फरार रहेका विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालतले कैद सजाय र जरिवाना लागेका लागत पठाएअनुसार जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत कार्यालयबाट खटी गएको टोलीले फरार रहेका प्रतिवादीलाई पक्राउ गरी रौतहट जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता गिरीका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न ठाउँमा सवारी साधन चेकजाँच गर्ने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने आरोपमा ९४८ जना सवारी चालकमाथि कार्यबाही गरी ८ लाख ३ हजार रुपैयाँ राजस्व असुली भएको छ ।

प्रतिक्रिया