रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १२ स्थित सार्किबारा बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । अविरल वर्षासँगै आएको पहिरोले सो बस्तीका चार घर पुरेको छ ।
आइतबार राति नै सार्किबारा बस्तीका चार घरमा क्षति भएको वडाध्यक्ष खुम्मे कुसारीले बताए । बस्तीमा रहेका घरका घेराबारसहित पुरिएको तर मानवीय क्षति भने भएको छैन । स्थानीय गिजागाड खोलामा आएको बाढीको कारण सार्कीबारामा पहिरो गएको थियो ।
पहिरोले नन्दे सार्की, अलबहादुर सार्की, मनबहादुर सार्की र अर्जुन सार्कीको घर पुरिएको अध्यक्ष कुसारीले जानकारी दिए । बस्ती नै पहिरोको उच्च जोखिममा परेपछि त्यहाँका ११ घरपरिवारलाई नजिकैको वडा कार्यालयमा सारेको वडाध्यक्ष कुसारीले जानकारी दिए ।
रुकुम पश्चिम
प्रतिक्रिया