सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै परिवारका आठ जना घाइते भएका छन् ।
घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठ जना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
आज बिहान ढुंगामाटोले बनेको एक तले घर भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया संगीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।
दुर्घटनामा पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने संगीता र नवराज सामान्य घाइते भएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।– रासस
प्रतिक्रिया