रुकुम पश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने रुकुमपूर्वको सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ परेको अविरल वर्षाका कारण पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने र रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने सवारी साधन सडकमै रोकिएको बताईएको छ । अहिले सम्म सडक सुचारु नहुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन्।
उक्त सडक खण्डमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ । बाटो खोल्ने प्रयास भइरहे पनि पानी परिरहेकाले थप समस्या भएको जनाइएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया