रहिनन् मार्सल आर्ट स्टार चेङ

हङकङ । ‘कम ड्रिंक विथ मी’ र ‘क्राउचिङ टाइगर, हिडन ड्रयागन’ जस्ता चलचित्रहरूमा मार्सल आर्ट भूमिकाका लागि चर्चित अभिनेत्री चेङ पेई–पेईको निधन भएको छ । उनी ७८ वर्षकी थिइन् । उनको परिवारले शुक्रबार फेसबुकमा पोस्ट गर्दै उनको जुलाई १७ मा निधन भएको जानकारी दिएको हो । परिवारका अनुसार उनी दुर्लभ रोगको साथ बाँचिरहेकी थिइन् जसलाई कोर्टिकोबासल डिजेनेरेसन (सीबीडी) भनिन्छ ।

सन् १९४६ मा सांघाईमा जन्मेका चेङले किशोरावस्थामा हङकङ सर्नुअघि विद्यालयमा ब्याले तालिम लिएकी थिइन् । त्यसपछि उनले फिल्म निर्माण कम्पनी शा ब्रदर्स स्टुडियोमा प्रदर्शन कला प्रशिक्षण पाठ्यक्रममा सहभागी भइन् । यो कुंग फू फिल्म विधाको लागि चिनिन्छ ।

यसले चेङलाई शा ब्रदर्सका फिल्महरूमा आफ्नो अभिनय करियर स्थापना गर्न प्रेरित ग¥यो । सन् १९६४ को ऐतिहासिक नाटक ‘द लास्ट वुमन अफ साङ्’ मा उनले एक नर्तकीको भूमिका निर्वाह गरिन् । उनको सफलताको भूमिका २ वर्ष पछि आयो, जब उनले एक्सन क्राइम क्लासिक ‘कम ड्रिंक विथ मी’ मा एक कुशल मार्सल कलाकारको रूपमा अभिनय गरिन् ।

विवाह पछि सन् १९७१ मा चेङ संयुक्त राज्य अमेरिका गइन् । उनको र उनको श्रीमान् ४ छोराछोरी थिए तर अन्ततः उनीहरूको सम्बन्ध विच्छेद भयो । उनी सन् १९९० को दशकमा उनी हङकङ फर्किनु अघि उनले ओस्कार–विजेता ‘क्राउचिङ टाइगर, हिडन ड्र्यागन’ मा खलनायक लडाकु जेड फक्सको भूमिका निर्वाह गरिन् । उनको अन्तिम भूमिका सन् २०२० लाइभ–एक्सन चलचित्र ‘मुलान’ मा म्याचमेकरको थियो ।

सन् १९६२ मा हङकङ पुगेकी उनी लभर्स रकमार्फत मार्सल आर्टिस्टको रुपमा फिल्ममा नयाँ स्टारकाको रुपमा स्थापित भएकी थिइन् । कम ड्रिंक विथ मी सन् १९६६ मा रिलिज भएको हो । यसबाट उनको उचाँइ अझ बढेको थियो । विस्तारै उनी महिला प्रधान एक्सन फिल्ममा छाउन थालिन् । उनी ओस्कार अवार्डका लागि मनोनयनमा पर्ने चर्चा थियो । तथापी उनको सो फिल्म मनोनयनमा परिनन् ।

सन् १९७० मा उनी क्यालिफोर्नियामा पुगेकी हुन् । उनकै छोरा हेरी युयान अमेरिकाको तर्फबाट ओलम्पिकमा जिम्न्यास्टिकमा सहभागि भएका थिए । साथै हङकङ पुगेर मार्सल आर्ट फिल्ममा पनि आफूलाई समावेश गराए ।

क्यान्सरको उपचार पछि उनी सन् २००० मा क्राउचिङ टाइगर हिडन ड्रागनमा सह अभिनेत्रीको रुपमा काम गरेकी थिइन् । सो फिल्मले ४ विधामा ओसकार अवार्ड जितेको थियो । उनको परिवारले शोक बक्तव्य जारी गर्दै अहिलेसम्म माया र स्नेह देखाए वापत दर्शकहरु प्रति आभार व्यक्त गरेको छ ।

उनको छोरीहरुले जारी गरेको विज्ञप्तीमा आफ्नी आमा मेहनती, परिश्रमी र दयालु स्वभावको भएको जनाइएको छ । सन् २०१९ मा गम्भिर रोगको शिकार भएकी उनले सो रोगका बारे सार्वजनिक गरेकी थिइन् । उनले आफुनो परिवारसँग समय विताउदै आएकी थिइन् ।

प्रतिक्रिया