पटेर्वासुगौलीकोे गाउँसभा सम्पन्न

पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न भएको छ । आगामी आर्थिक बर्ष २०८१/०८२ को कार्यक्रम १३औँ गाउँसभा दोस्रो सभाबाट वडा–१ देखि ५ सम्मको बजेट सिलिङ सर्वसहमत पारित गरिएको छ । सभाबाट पारित गरिएको बजेट गाउँपालिका उपाध्यक्ष ममता महतोले सार्वजनिक गरिन् । उनले ४९ करोड ११ लाखको अनुमानित बजेट सार्वजनिक गरेकी छन् ।

गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीको अध्यक्षतामा भएको दोस्रो गाउँसभाान पेस भएका कार्यक्रम पारित भएका छन् । संघीय तथा प्रदेश सरकारको वित्तीय सम्मानीकरण अनुदानबाट १० करोड १२ लाख १५ हजार रुपैयाँ, सशर्त अनुदानअन्तर्गत १८ करोड ८ लाख, विशेष अनुदानतर्फ राजस्व बाँटफाँटबाट ९ करोड ६६ लाख ५० हजार, आन्तरिक आयमा २ करोड १५ लाख सामाजिक सुरक्षातर्फ ९ करोड गरी ४९ करोड ११ लाख रुपैयाँको बिनियोजन बजेट पारित गरिएको थियो ।

आगामी आर्थिक बर्षमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने, आँखा अस्पताल निर्णाम लगायतका ठूला योजनाहरूमा लगानी गरिने नितिमा पारित गरी सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, विकास, भौतिक निर्माण तथा स्थानीय कला संस्कृतिको विकास एवं संरक्षण गर्नेजस्ता योजनालाई विशेष जोड दिइएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, वडा अध्यक्ष माधव राउत, बिजय गैरे, बासु पंजियार, फरमान मियाँ, बिपिन मुखियालगायत कार्यपालिका सदस्य, गाउँपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया