जनकपुरधाम । जनकपुरधाममा माछाको विभिन्न परिकारको स्वाद उपलब्ध गराउने उद्देश्यले मछली रसोइ नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । जनकपुरधामको माछा विश्वभरी प्रख्यात रहेपनि जनकपुरधाममै माछाको स्वाद पाउन नसकेको अवस्थामा मछली रसोइ सञ्चालनमा ल्याइएको बताइएको छ ।
पेशाले चिकित्सक रहेकी डा. रुबी सिंहले जनकपुरधामको माछाको प्रचार प्रसार गर्ने उद्देश्यले सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी हुन् । बच्चैदेखि रेस्टुरेन्ट सञ्चालन गर्ने सपना बोकेकी सिंहले अहिले आएर सो सपना पूरा गर्न पाउँदा औँधी खुशी लागेको बताइन् ।
‘बच्चैदेखि पढाईमा अब्बल रहेकाले अभिभावकको सपना पूरा गर्न चिकित्सक पेशामा आए । तर बच्चैदेखिको यो सपना भने कहिल्यै मेटेन, अहिले आएर त्यो ईच्छा झन बढ्दै गएपछि अन्ततः रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हुँ,’ उनले भनिन ।
अब जनकपुरधाम आउने माछाका पारखीहरुलाई माछाको विभिन्न परिकार खान समस्या नहुने उनले दावी गरिन ।
प्रतिक्रिया