नवनिर्मित जनसेवा धर्मशालाको उद्घाटन

oplus_2

पर्सा । मधेस प्रदेश सरकारको सहयोगमा पर्साको धोबिनी गाउँपालिका–४ लंगडी बजारमा रहेको मन्दिरको प्रांगणमा नवनिर्मित जनसेवा धर्मशालाको उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि रहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बशिष्टनारायण कुर्मीले पूजापाठसहित फित्ता काटेर भवनको उद्घाटन गरेका हुन् । मधेस प्रदेश सरकारको सहयोगमा करिब २५ लाखाको लागतमा सो भवन बनाइएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेता कुर्मीले भने, ‘यो बजार क्षेत्रमा कुनै धर्मशाला नरहेकोले जनतालाई विवाह, व्रतबन्धजस्ता कार्य गर्न समस्या भएकोले जनताको माग र आवश्यकताअनुसार यो धर्मशाला निर्माण गरिएको हो ।’ अगामी दिनमा यस्ता विकास निर्माणका कामलाई निरन्तरता दिने नेता कुर्मीले बताए ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष अबास मियाँ, वडा सदस्य कमल ठाकुर, मदन सहनी, स्थानीय अगुवा रामा चन्द साह, भुवाल पटेल, जवाहिर साह, मथुरा राउत कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया