महोत्तरी । मटिहानी नगरपालिकाले डिजिटल तराजु, पशुको औषधि सेट र केरा तथा घाँसको विरुवा वितरण गरेको छ ।
उक्त डिजिटल तराजु, पशुको औषधि सेट र केरा तथा घाँसको विरुवा वितरण कार्यक्रमको सुरुआत मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले गरे ।
मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत सोमबार उक्त परियोजनामा आवद्ध रहेका विभिन्न महिला समूहका जम्मा १९ जना महिलालाई ८ दशमलव ५ बिघा खेतमा पुग्ने गरी १० हजार केराको बोट, बिभिन्न घाँस ( सुपर नेपियर–६ हजार, बकाइनो–६ हजार, इपिल–६ हजार र कटहर–३ हजार बिरुवा) गरी जम्मा २१ हजार घाँसको बिरुवा, डिजिटल तराजु ५ थान, ३ वटा पशु स्वास्थ्य कार्यकर्ताहरूलाई १–१ वटाका दरले पशु औषधि सेट लगायतका सामग्री वितरण गरेको कुरा उक्त परियोजनाका परियोजना संयोजक महेश राय यादवले बताए ।
उक्त कार्यक्रममा वडा–६ र ८ का वडा अध्यक्षहरू कलिम अंसारी र रितेश साह, हेफरका वरिष्ठ कार्यक्रम अधिकृत मिथिलेश झा, कार्यक्रम अधिकृत अभिशेख खैरवाल, कृषि शाखा प्रमुख संध्या साह, हेफर प्रोजेक्टका कर्मचारीहरू र विभिन्न महिला समूहका महिलाहरूलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया