महोत्तरी । औरही नगरपालिकामा १४१ भूमिहीन घरपरिवारलाई जागा लालपुर्जा वितरण गरिएको छ । औरही नगरपालिका–८ मा एक कार्यक्रमको आयोजना गरी स्थानिय १४१ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
नापी कार्यालय महोत्तरी जलेश्वरको २ नं. टोलीले साविकको सोनामाई गाविस वडा नं. ४,५र ६ नं.को वासीलाई गाउँ ब्लक जग्गा लालपुर्जा वितरण गरिएको औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्काले बताए । जग्गा धनीहरु २०७२÷२०७३ सालदेखि जग्गाको लाल पुर्जाको लागि प्रक्रियामा लागेका थिए । त्यसै क्रममा औरही नगरपालिका वडा नम्बर ८ का छाटू सदा र सोनेलाल रामले उक्त जग्गाको लाल पुर्जा पाए पछि खुसी ब्यक्त गरेका छन् ।
गाँउ व्लक लालपूर्जा वितरण कार्यक्रम अर्को चरणमा वितरण गरिने कुरा नापी कार्यालय महोत्तरीका प्रमुख राम विनय सिंहले बताए । नापी कार्यालय महोत्तरीको प्रमुख राम विनय सिंहको अध्यक्षता, औरही नगरपालिकाको नगर प्रमुख प्रदिप कुमार खड्काको प्रमुख अथिती, नापी कार्यालय महोत्तरी जलेश्वर २ नम्बरका नापी टोलि, जलेश्वर महोत्तरीका नापी टोलि प्रमुख शुशिल कुमार साह, भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख कृष्ण ठाकुरको उपस्थितिमा सो जागा लालपुर्जा वितरण गरिएको औरही नगरपालिका वडा ८ का वडा अध्यक्ष राम आश्रे यादवले जानकारी दिए ।
वर्षौदेखि सुकुम्बासी जिवन यापन गर्दै आएकाले जग्गाधनीपूर्जा पाए पछि अव बल्ला जग्गाको मालिक भएको भन्दै लालपुर्जा पाएकाकाले खुसी व्यक्त गरेका छन् । उनीहरुले अब सरकारीस्तरको हरेक सेवा सुविधा प्राप्त गर्न सक्ने भएको कुरा नेपाली कांग्रेसका नेता बिरेन्द्र यादवले बताए । हालसम्म जिल्लाका विभिन्न स्थानमा लालपूर्जा वितरण गरिएको र गरिरहेको अधिकृत सिंहले जानकारी दिए ।
कार्यक्रममा औरही नगरपालिका नगर उप प्रमुख रेनु झा, वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव, राजनीतिकर्मी, स्थानीय नेता, स्थानीय समाजसेवी, स्थानीय वासी, लगायत नापी कार्यालयका कर्मचारीको उपस्थिति रहको थियो । आइतवार महोत्तरी जिल्लाको वडा नम्बर ९ रामगोपालपुरमा पनि लालपुर्जा गरिने बताइएको छ ।
प्रतिक्रिया