छिपहरमाईको १९औँ गाउँ सभा सम्पन्न, आगामी आर्थिक वर्षको बजेट पारित

पर्सा । जिल्लाको छिपहरमाई गाउँपालिकाको १९औँ गाउँ सभा सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले सभाको उद्घाटन गरेका थिए । सभामा आर्थिक वर्ष २०८१/८२ को बजेट ३७ करोड १७ लाख ५२ हजार ५ सय रुपैयाँ बराबरको अनुमानित बजेट, निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । गाउँपालिकाका पाँचै वडाको योजना पारित गरि सभामा प्रस्तुत गरिएको थियो ।

सो क्रममा अध्यक्ष गुप्ताले आगामी आर्थिक वर्ष ०८१÷८२ को बजेटको पहिलो प्राथमिकतामा नेत्रदान पालिका अनुदान अन्तर्गत पालिकाका गरिब असहाय, दलितहरुलाई निशुल्क आँखाको शल्यक्रिया तथा उपचार गराउने योजना राखिएको बताए । त्यस्तै, महिलाहरुको पाठेघरको शल्यक्रिया खर्च प्रति बिरामीलाई १५ हजार रुपैयाँको दरले उपचार खर्च दिने उनले बताए ।

उनले भने, ‘छिपहरमाई गाउँपालिकामा सञ्चालनमा रहेको पल्स टुका छात्र, छात्राहरुलाई पोशाक भत्तावापत रकम अनुदान दिने, गाउँपालिकाका एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीहरुलाई अनुदान स्वरुप एक लाख देखि दुई लाखसम्म सहयोग गर्ने योजना रहेको छ ।’

गाउँपालिका अध्यक्ष गुप्ताले शिक्षा, स्वास्थ्य, कृषि, सिचाईँ, बिपद ब्यवस्थापन, युवा रोजगार, भौतिक पूर्वाधार, पर्यटन पर्वद्धन, उज्यालो छिपहरमाई लगायतका जनतासँग जोडिएका योजनामा जोडदिएको गबताए

छिपहरमाई गाउँपालिकामा भौतिक विकास निर्माणको साथै नयाँ योजनाहरु ल्याइएका छन् । अध्यक्ष गुप्ताले विकासमा स्थानीय जनसमुदाय, जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगका कारण विकासले गति लिएकोमा सबै जनालाई धन्यवाद समेत दिए ।

जबसम्म सबैको सहयोग र सहकार्य हुँदैन तबसम्म् विकासको काममा फड्को मार्न नसकिने बताउँदै उनले छिपहरमाई गाउँपालिकाको विकास कार्यमा सबै पार्टीहरु सँग सहकार्य गरि चल्ने प्रतिबद्धता जनाए ।

पहिला सबै जनाले सहयोग गर्दै गएको देशको नमुना गाउँपालिका बनेको र अहिले पनि रहने अध्यक्ष गुप्ताले दाबी गरे । गुप्ताले भने, ‘ नेपालको पहिलो गाउँपालिका छिपहरमाई हो जहाँ प्रत्येक वडाहरुमा बर्थिङ सेन्टर सञ्चालन गरि यस गाउँपालिकाको महिलाहरुलाई सेवा दिरहेको छ । पहिला यस गाउँपालिकामा बर्थिंङ सेन्टर नहुँदा भारतीय अस्पताल र बिरगन्जका अस्पतालमा बच्चा जनमाउन जानू परिरहेको थियो । कतिपय महिलाहरुले समयमा स्वास्थ्य संस्था पुग्न नसक्दा ज्यान गुमाउनु परिरहेको थियो, अहिले सो समस्या समाधान भएको छ ।’

उनले आफू गाउँपालिका अध्यक्ष भएपछी प्रत्येक वडाहरुमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको बताए । गाउँपालिकामा विद्यालयहरुमा १२ कक्षासम्म कक्षा निःशुल्क सञ्चालनमा रहेको उनले बताए । पल्स टुका छात्र, छात्राहरुलाई ड्रेस उपलब्ध गराउने । गाउँपालिकामा दस बेडको अस्पताल निर्माण कार्य गरि स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टर राख्ने उनले बताए ।

नेपाल सरकारबाट सर्सत अनुदान अन्तर्गत रु १५ करोड ६८ लाख, वित्तीय समानिकरण १० करोड ५ लाख , राजस्व बाडफाँड ७ करोड ९० लाख, आन्तरकि आय ३ करोड, समपुरक अनुदान ८० लाख ४ हजार रहेको छ । गाउँसभाले ३७ करोड १७ लाख ५२ लाख ५ सय रुपैयाँको बजेट पारित गरेको छ ।

१९औँ गाउँसभा नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा समपन्न भएको थियो । गाउँसभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रसाशकप्य अधिकृत शनि साह कानु, समाजसेवी किशोरी साह कानु, वडाध्यक्ष कामेशवर यादव, महेन्द्रसाह कलवार, दिपेन्द्र कुमार सिंह, रामेश्वर प्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवार लगायतले गाउँ सभामा शुभकामना मन्तब्य दिएका थिए ।

गाउँसभामा कार्यपालिका सदस्य, गाउँपालिकाका समपूर्ण महिला र पुरुष सदस्य, गाउँ सभामा स्वास्थ्य संयोजक शम्भु प्रसाद साह, , शिक्षा प्रमुख मुकेश चौरसिया, ईन्जिनियर प्रकास कुमार गुप्ता , योजना प्रसांत कुमार गुप्ता , आईटी अफिसर संजिव यादव, कृषिका भुलन प्रसाद, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सहजीकरण मेघराज साह रौनियारले गरेका थिए ।

प्रतिक्रिया