मध्यपहाडी लोकमार्गमा याङवरकको वृक्षारोपण

पाँचथर । जिल्लाको याङवरक गाउँपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग सडक खण्डमा गणेश माविदेखि दारूम्वासम्म ३ सय ३० प्रजातिका बिरुवा लगाएर वृक्षारोपण गरिएको छ । सो सडक खण्डमा निलमहर, असोका, कल्की, धुपी प्रजातिका बिरुवा रोपण गरिएको उपाध्यक्ष बाबा मेन्याङबोले जानकारी दिइन् ।

वृक्षारोपणका लागि खाल्डो, मल, बिरुवा संरक्षण गर्न बारबेरसहित पालिकाका अध्यक्ष शुभास योङया, उपाध्यक्ष बाबा मेन्याङबो, प्रवक्ता कुमारध्वज सुनुवार लगायतले उद्घाटन गरेका थिए ।

पालिका कृषि शाखाको संयोजनमा कर्मचारी, सुरक्षाकर्मी, टोल विकास संस्था, राजनीतिक दललगायतको सहभागिता रहेको थियो । सो क्षेत्र हरियाली वातावरण, पर्यटन प्रवर्द्धनका लागि वृक्षारोपण अभियान गरिएको हो ।

प्रतिक्रिया