काठमाडौँ । रेड मी नोट १३ सिरिजले किफायती मूल्यमा उत्कृष्ट सुविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ । यस सिरिजले गत वर्ष जस्तै किफायती मूल्यमा अपग्रेड गरिएका फिचर सहितका स्मार्टफोनहरू प्रदान गर्ने लक्ष्य राखेको छ । रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा छ । रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । यो फोनको ५ हजार एमएच ब्याट्री ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्दा एकदमै छिटो चार्ज हुन्छ ।
रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लू कलरहरूमा उपलब्ध छ । यी फोनहरूको मूल्यको कुरा गर्दा ६/१२८ जिबि को मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ छ भने ८/२५६ जिबिको मूल्य रु २७ हजार ९ सय ९९ रुपैयाँ छ । रेड्मी नोट १३ किन्दा २ हजार ९ सय ९९ रुपैयाँ मूल्यको बड्स ४ एक्टीभ मात्र १ हजार ६ सय ९९ को बन्डल अफरमा पाउन सकिनेछ ।
प्रतिक्रिया