काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बैंकले बूढानीलकण्ठ नगरपालिका–१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरेको हो । स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको शाखा रहेको स्थान– औरही चोक (हालको स्थानभन्दा २ सय मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।
प्रतिक्रिया