पत्रकार महासंघको केन्द्रिय कार्यालयमा पत्रकारहरुले नै लगाए ताला

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा क्रियासील पत्रकारहरुले नै ताला लगाएका छन् । आइतबार क्रियासील पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रमा पत्रकारहरुले नै तालाबन्दी गरेका हुन् ।

पत्रकारहरुले आइतबार केन्द्रिय समितिका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

पत्रकार महासंघको सदस्यता विधानबमोजिम संगठन समिति र केन्द्रिय समितिमार्फत पास गरेर मात्रै सार्वजनिक गर्नुपर्ने, स्वघोषित कार्यदलले तयार पारेको सूची खारेज गर्नुपर्ने, सदस्यता शुद्धीकरणका नाममा गरिएको मनपरि र बलजफ्ती बन्द गर्नुपर्ने, केन्द्रिय समिति, प्रदेश समिति र शाखा समितिहरुको गरिमा कायम गर्नुपर्ने, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्नुपर्ने, विधान विपरितका गतिविधि बन्द गर्नुपर्नेलगायतको मागसहित उनीहरूले आज तालाबन्दी गरेको बताएका छन् ।

महासंघ केन्द्रले आगामी जेठ २६ गतेका लागि भन्दै जिल्ला, प्रदेश र केन्द्रिय तहको नयाँ नेतृत्वका लागि चुनावी मितिसमेत तय गरेको थियो ।

प्रतिक्रिया