सगरमाथा आरोहणमा पत्रकार श्रेष्ठको विश्व कीर्तिमान

काठमाडौँ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एकै सिजनमा ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी छिन् ।

वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी हुन् । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोही श्रेष्ठले शनिबार बिहान ५ः५० बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।

पत्रकार श्रेष्ठ एकै याममा ३ पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् । उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छिन् । विश्वका ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–२ को आरोहण गरेकी थिइन् ।

प्रतिक्रिया