प्राध्यापकलाई कुटेर मिसन ८४ ?

आफू अराजक व्यवहार गर्ने र मलाई अराजकको बिल्ला भिराउने ? त्यसको उत्तर चाहियो भन्दा उत्तेजित हुँदै दाहिने हात मुठ्ठी पारेर मलाई हिर्काउन खोज्दा एक कार्यकर्ताले च्याप्प समाते । तर, पनि भण्डारीले देब्रेहातमा लगाएको स्टिलको सिक्री भएको हातेघडीले मेरो देब्रे हातको बुढी औँलामा चोट लाग्यो, रगत बग्यो

प्रा. डा.बद्रीविशाल पोखरेल

नेकपा एमाले सुनसरीको आठाैँ अधिवेशन इटहरीको लायन्स क्लवमा चलिरहेको थियो । प्रमुख अतिथि पार्टीका वरिष्ठ नेताका अनुसार देशैभरि एमालेमा कार्यकर्ता र जनताको उल्लेख्य उपस्थिति र सहभागिता रहेको कुरा सुनसरीले पुष्टि पनि गर्यो ।तर सुनसरीको अधिवेशनका भित्री रहस्य हेर्दा जिल्ला भित्र विकृति र विसङ्गतिले थला परेको थाहा भयो । हालका जिल्ला अध्यक्ष रेवती भण्डारीका भित्री रुपमा पार्टी नीति,सिद्धान्त, पद्धति, प्रणाली लगायत सबै खालका अनुशासनविपरीतका कुरा अरु उजागर भए । यसको आफैँ मात्र पीडित भुक्तभोगी भएको हुँ कि भन्ने थियो तर यस्ता भुक्तभोगीको संख्या मनग्गे रहेको स्थलगतरुपमा साक्षत भयोे । माक्र्सवाद, जबज, जीवन शैली तथा व्यवहारगत पार्टी जोडने अनेक रसायन छन्, ती तत्व मार्फत् आपसी दुरी घटाउने र त्यसलाई क्रमशः हटाउने सोच र समझ नेतृत्वमा पटक्क देखिएन । यसैले एमाले जिल्लामा र अझ धरानमा दुई समूह शत्रुवत् आपसी टकरावमा देखिए । यसको उदाहरण चुुनावी दुई प्रचार समितिको कार्यालय देख्दा थाहा भयो ।

सतही रुपमा परबाट हेर्दा ठिकठाकजस्तो लागे पनिभुसको आगो भित्रभित्रै सल्किएको देखिन्छ । पार्टीका गतिविधिका सबै भित्री रहस्य बोध गर्न यो पात्र अधिवेशन सम्बन्धी सबै अन्तरकुन्तरमा पुग्ने गर्छ । मोरो लागि पार्टी पाठशाला जस्तै भएको छ । एमाले सुनसरी पार्टी भित्रभित्रै कुहुन थालेको स्पष्ट भयो । निवर्तमान अध्यक्षको तानाशाहीप्रवृत्ति, म नै पार्टी हुँ मेरो आदेशमा मात्र जिल्ला चल्नु्पर्छ, सब नेता हिड्नुपर्छभन्ने घोर घना निरङ्कुश चरित्र छ्याङगै देखिए । अध्यक्षका कमी,कमजोरी र षडयन्त्र र निकृष्ट क्रियाकलाप पार्टी बैठकमा उल्लेख गर्न नै नपाइने,सानो शंका लाग्यो भने खुइल्याउन खोज्ने रकार्यवाही भोग्नु पर्ने जस्ता घटिया प्रवृत्ति सुनसरीमा देखियो । अध्यक्षले पार्टी, सिद्धान्त र संगठनात्मक पद्धतिको सरासर खुल्ला उल्लङ्घन गरेका धेरै घटना थाहा भयो । एमाले सिध्याउन कुमाले भित्रभित्रै लागेको सुनसरीबाट स्पष्ट भयो । नितान्त आफू व्यक्ति केन्द्रित पार्टी बनाउँदा पार्टीको आन्तरिक जीवन अस्तव्यस्त र अराजक बनेको सुनसरीमा देखियो । स्थायी समिति सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले सुनसरी जिल्लालाई एमालेको बलियो किल्ला बनाउन दिएको सल्लाह र सुझाव रेवती भण्डारी र केन्द्रीय सदस्य भनिएकी एक नेतृले खुला बेवास्ता गरेका छन् । निर्वाचन सम्पन्न गराउन नेता विजय सुब्बाले आउनसक्ने कुरा गर्दा पनि भण्डारीले कुनै वास्ता गरेनन्,किनभने निर्वाचन र मत गणना आफू अनुकूल गराउनु छ ।

राईलाई सुनसरीको इन्चार्ज भएर आउने बित्तिकै यस जिल्लाका अधिकांश केन्द्रीय सदस्यहरूले आफ्नो भाग खान आएको भन्दै स्पष्ट तथा परोक्ष रुपमा आँसु झारेका थिए । अनि राईले जिल्ला अधिवेशनको उद्घाटन सत्रमा मन्तव्य प्रस्तुत गर्दा तिनलाई संकेत गर्दै कटाक्ष गर्नुभएको थियो । जिल्ला अध्यक्षलाई नै स्पष्ट रुपमा संकेत गरेर सुनसरीको विस्तारित जिल्ला भेलामा पार्टीको विधि,पद्धति,सर्कुलर र निर्देशन विपरीत नगर अधिवेशन नगर्न निर्देश नै गर्नुभएको थियो । भण्डारी र ती केन्द्रीय सदस्यको हालसम्मको बेहोरा हेर्दा सुध्रिने र सच्चिने स्थिति धेरै कम देखिन्छ । इमान्दार तथा कामकाजी नेता याम सुब्बाजस्ता नेतालाई जिल्ला पार्टीमा उपयुक्त जिम्मेवारी दिन नै चाहँदैनन् । तर कार्यकर्ताको विवेकपूर्ण निर्णयबाट जिल्ला उपसचिवमा सुब्बा अत्यधिक मतले जित्ने स्थिति थियो, जिते पनि ।

म आफैँलाई अराजक अनुशनहीन भनेर जिल्ला अध्यक्षले एकल दवाव र प्रभावमा पार्टी बैठकबाट कार्यवाही गर्न प्रदेशमा सिफारिस गरेको त सुनेको थिएँ । यही विषयमा आधारित मेरो नाम नामेसी लिखित जिल्ला पार्टीकाे प्रतिवेदनमा उल्लेख गरेको देखेपछि अधिवेशन परिसरमा रेवती भण्डारीलाई म कसरी के कारणले अनुशानहीन र अराजक भएँ भनेर सोधेँ । इटहरीको नगर प्रमुखका उम्म्ोदवार भएका र जित्ने संभावना प्रवल भएका याम सुब्बालाई षडयन्त्रपूर्वक तपाई र गौतम थरी केन्द्रीय सदस्य सहित भएर हराएको दसी प्रमाणले बताउँछ । रामधुनी नगर कमिटीले कार्यवाही गरेका र सुवेदी थरीका साला पर्ने र योग्यता नपुगेका कार्यकतालाई जिल्ला सदस्यमा मनोनित गरेको काम कुराले अनुशासन मानेको भन्छ र ? जिल्ला सदस्यमा मनपरी भर्ती गर्न खोज्दा इन्चार्ज राईले रोकिदिए । यस्ता अनेक अराजक र अनुशासनहीन काम तपाईँ गर्ने अनि म अनुशासनहीन र अराजक हुने ? उल्टो विनबित्थामा इमान्दार नेता कार्यकर्ता र बुद्धिजीवीलाई खुइल्याउन मिल्छ ? आफू अराजक व्यवहार गर्ने र मलाई अराजकको बिल्ला भिराउने ? त्यसको उत्तर चाहियो भन्दा उत्तेजित हुँदै दाहिने हात मुट्ठी पारेर मलाई हिर्काउन खोज्दा एक कार्यकर्ताले च्याप्प समाते तर पनि भण्डारीले देब्रेहातमा लगाएकोस्टिलको सिक्री भएको हातेघडीले मेरो देव्रेहातको बुढी औँलामा चोट लाग्यो र रगत बग्यो । मान नगरे पनि अपमान चाहिँ नगरुन् भन्ने मेरो धारणा हो ।

अहिले बाहिर बाहिर ओलीको जय भन्ने तर भित्रभित्र घुसघुसे पारामा अराजक व्यवहार गर्दा त्यसको प्रतिक्रिया अत्यन्त नकारात्मक बनेको छ । एमाले र ओली भन्ने तर त्यस अनुसारको आचरण पटक्कै नगरी पार्टी र ओलीलाई खुइल्याउने काम गरिरहेका छन् । लाज,सरम र घीन केही नमानी बद्धिजीवी,कार्यकर्ता र जनतालाई चरम अपमान गर्ने अत्यन्त अहं र घमण्डले मदमत्त हुने परिपाटी सुनसरीमा देखिन्छ । धरानमा सुवेदी थरी जोइपोइमा नै यो रोग चरम चुलीमा छ । र त्यसको परिणामजिल्ला प्रतिनिधि चयनमा नै दयनीय दृश्य देखियो । सुनसरीबाट एक महिला मन्त्री त भइन् तर उनले दुहवी लगायत दक्षिणी क्षेत्रको पार्टीलाई सत्यानाश पारेकी छन् । एमालेमा अर्को गच्छदार जन्मिने खतरा छ । गत संसदीय निर्वाचनमा नेकाका करीब २५०० इमान्दार नेता र कार्यकर्ताको असन्तुष्ट मतबाट विजयी भए पनि उनले आफ्नै धरातल ध्वस्त पार्न लागेकी छन् । दुहवी नगरपालिकामा नगर प्रमुख हार्नुमा तिनै मन्त्रीको अहं भूमिका छ । उनलाई आफ्नै जात,भात,नाक र नश्ल भए पुग्छ ।

जबज र माक्र्सवादको कखरा पनि नजानेकालाई केन्द्रीय सदस्य बनाउँदा पार्टीको भुईं तहमा पहिरो जान थालेको छ । एउटा वरिष्ठ, पार्टीर सिद्धान्तप्रति प्रतिबद्ध बुुद्धिजीवीलाई खुलेआम रगताम्मे हुने गरी कुटेर सुनसरीमा मिसन चौरासी सफल हुन गाह्रो देखियो । सामान्य सिदासादा इमान्दार कार्यकर्तालाई के केसम्म गर्दा रहेछन् भन्ने अधिवेशन स्थलमा राम्ररी थाहा भयो । अत्याचार गर्न थालेपछि कोही चुप लागेर बस्तैन । गर्नु मनपरी गर्ने अनि पार्टी अनुशासनको डण्डा देखाएर जबज बुझ्ने नेता र कार्यकर्ता पशुझैँ नुनिला आँसु पिएर बस्दैन र बस्नु पनि हुन्न । मेरो महान् गल्ती जबज र यसको अन्तर्यलाई आत्मसात् गर्नु रहेछ । जबजले मन जित्ने कुरा गरेको छ तर सुनसरीमा मन दुखाउने, चिमोट्ने, चिथोर्ने र गलहत्याउने काम धेरै गरिएको छ । के गर्नु पशुझैँ प्रतिक्रियाहीन मित्र बन्न सकिएन ।

इटहरीकै र सुनसरीकै कुरा गर्ने हो भने धेरै इमान्दार नेता र कार्यकर्ता तथा बुद्धिजीवी छन् तर तिनलाई प्रायः हरदम पन्छाइएको र लखेटिएको रहेछ । कामका बेला सम्झिने तर अरुबेला लखेट्ने प्रवृत्तिको शिकार म लगायत धेरै भएका रहेछन् । यति विघ्न अपमान सहेर कोही पनि बस्दैन । म आफैँ जबज र यसको मर्म बोध गरेको र तङसियायो पेङको अति धैर्यवान् शिक्षाबाट प्रभावित भएकाले उज्यालो भविष्यकोआश गरेर बसेको हो । रेवती भण्डारी भन्ने मानिस त मसित कुनै नेता र कार्यकर्ताले बोल्दा बात मार्दा र भेटघाट गर्दा पनि उनलाई फलानाको मान्छे भनेर आक्षेप लगाएको एक कलाकारले हिजै मलाई बताए । गौतम र भण्डारीको लगन गाँठोले गर्दा सुनसरी एमाले र अझ इटहरी पाताल पुग्ने संभावना नजिकै देखिन्छ । यसलाई यथाशीघ्र नसच्याउने हो भने सुनसरीमा मिसन चौरासी कुनै हालतमा सफल हुँदैन । जान्दा श्री खण्डै श्रीखण्ड तर नजान्दा खुर्पाका बिँड मात्र हात लाग्ने देखिन्छ ।

यस्तो घोर अपमान सहेर कोही बस्दैन तर आफू भाग्ने होइन भिड्ने स्वभावको मान्छे परेकाले देशलाई दिशाहीन बन्ने खतरा देखेकाले सहेर नै बसिएको छ । तर कतिन्जेल भन्ने कुरा परिस्थितिमा निर्भर हुन्छ । फेरि गल्ती र अपराध गर्नेलाई पनि सकेसम्म सुध्रिने वातावरण बनाउनै पर्छ भन्ने मेरो मान्यता हो अहिले त गौतम थरी केन्द्रीय सदस्यले नै ओली रिसाए ईश्वर,ईश्वर रिसाए पौडेल वा अर्का पोखरेलको फेर समातेर माथि पुगिछाड्ने कुरा गरिछन् । कुरा सुन्दा हो कि जस्तो पनि लाग्छ । माथिमाथिका केही नेताको हविगत हेर्दा पंक्तिकारको अन्दाज सही पाएको छ । नत्रदसौँ महाधिवेशनमा पार्टी अध्यक्षले प्रस्तुत गरेको केन्द्रीय सदस्यहरूको नामावलीमध्ये एक नाममाओलीकै आँखा छलेर षडयन्त्रपूर्वक टिपेक्स कसले दल्यो र नाम परिवर्तन ग¥यो ? यो चानचुने नेताले गरेको होइन । अध्यक्षले थाहा पाइसक्नु नै भयो होला । त्यसैले म बारबार अध्यक्षलाई नै बत्तीमुनि अँध्यारो हुन्छ भनिरहन्छु । अनि चीट मात्रै चोरेर र चोराएका भरमा केन्द्रीय सदस्य भएकाकोके बुद्धि हुन्छ र ? मिसन चौरासीलाई सर्वाधिक सफल पार्ने हैसियत र औकातकोएक मात्र एमाले पार्टीले आफू भित्रकाक्षयरोगका कीटाणु समाप्त पार्न ढिला गर्न हुँदैन । नत्र लक्ष्य प्राप्त हुँदैन ।

प्रतिक्रिया