मान्ममा स्वास्थ्यसम्बन्धी समन्वय समिक्षा तथा योजना तर्जुमा गोष्ठी

कालिकोट । कालिकोटको सदमुकाम मान्ममा स्वास्थ्यसम्बन्धी समन्वय समिक्षा र योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको छ ।

स्वास्थ्यसम्बन्धी नीति तथा रणनीतिमाथि छलफल, स्थानीय तहमा रहेका स्वास्थ्य समस्या तथा चुनौतीमाथि छलफल एवं समाधानका विषय र जिल्ला स्वास्थ्यय कार्यालयले हासम्म गरेका क्रियाकपाल तथा आगामी योजना बारे जानकारी दिने लक्ष्यका साथ गोष्ठीको आयोजना गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य संयोजकको सहभागितामा स्वास्थ्यसम्बन्धी दुई दिने समन्वय बैठक समिक्षा र योजना तर्जुमा गोष्ठी सञ्चालन भएको हो ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका डाक्टर संकेत विश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको छ । कार्यक्रममा कालिकोटका ९ वटै स्थानीय तहका प्रमुख, प्रतिनिधि, प्रशासकिय अधिकृत तथा स्वास्थ्य शाखाका प्रमुख प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रममा स्वास्थ्य विकासको आधार, स्वास्थ्यसम्बन्धी नीतिगत व्यवस्था, वर्तमान अवस्था, दिगो विकास लक्ष्य, स्वास्थमा पहुँच र प्राथमिकताहरुका बारेमा सहभागिलाई जानकारी दिने डाक्टर बिश्वकर्माले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया