फोनपेको भुक्तानी प्रणालीमा मोरु वालेट समावेश

ललितपुर । फोनपे, नेपालको अग्रणी भुक्तानी सञ्चालकले पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट, फोनपे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोनपे र मोरु डिजिटल वालेटका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया