यामाहाको ‘महाएक्सचेन्ज मेला’

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्सले यामाहा ‘महाएक्सचेन्ज मेला २०८१’ को घोषणा गरेको छ । यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको मेला एक हप्तासम्म जारी रहने कम्पनीले जनाएको छ ।

एमएडब्लू इन्टरप्राइजेजका प्रबन्धनिर्देशक विष्णुकुमार अग्रवालले यामाहा महाएक्सचेन्ज मेलाको आयोजना गर्न पाएको खुसी व्यक्त गरे । यामाहा महाएक्सचेन्ज मेलाले ग्राहकलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने असाधारण अवसर प्रदान गर्ने उनले बताए । मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटरलाई ब्रान्ड न्यु यामाहासँग साट्न सकिने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया